Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्री किराँतीका बुवाको निधनप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीका बुवाको निधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले दुःख व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राईको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदसस्यसमेत रहेका मन्त्री किराँतीका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान वीर अस्पतालमा निधन भएको थियो।

उनले शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरुमा गहिरो समवेदनासमेत व्यक्त गरेका छन्।

‘नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय सुदन किराँतीका आदरणीय बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा दुखद् निधन भएकोमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। दुःखको यस घडीमा शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु,’ उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077