कास्की । पोखराकी पत्रकार रोशनी क्षेत्री (एलिजा) को आत्महत्याका कारण मृत्यु भएको छ । २५ वर्षीया एलिजाले पोखरा ८, जाल्पारोडस्थित आफ्नै निवासमा सोमबार दिउँसो पेट्रोल छर्केर आत्मदाह गरेकी हुन् ।
जलेर घाइते भएकी उनलाई तत्काल गण्डकी मेडिकल कलेज (जिएमसी) लगिएकोमा पछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) को भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा मंगलबार दिउँसो १२ः४२ मा निधन भएको हो ।
चलचित्र पत्रकार संघ नेपाल कास्कीकी कार्यसमिति सदस्यसमेत रहेकी उनले विभिन्न मिडियामा काम गरेकी थिइन् । ७ वर्षदेखि पत्रकारितामा क्रियाशील उनी पत्रकारितामा स्नातकोत्तर तहमा अध्ययनरत थिइन् ।
उनको शव पोस्टमार्टमपछि आफ्नो निवास जाल्पारोडमा अन्तिम श्रद्धाञ्जीको लागि लगिएको थियो । त्यहाँ करिब १ घण्टा राखिएकोमा अन्त्येष्टिका लागि मंगलबार साँझ सेती किनार शान्तिघाट लगिएको हो
Leave a Reply