काठमाडौं । मेरिकी उपल्लो सदनका सिनेटर क्रिसभ्यान होलानसँग नेपालका लागि अमेरिकाका राजदूत श्रीधर खत्रीले क्यापिटल हिलमा भेटघाट गरेका छन् ।
भेटमा होलान र राजदूत खत्रीबीचको भेटघाटमा नेपाल–अमेरिका सम्बन्धको बहुआयामिक पक्ष, प्रजातान्त्रिक स्थिरता र नेपालको आर्थिक विकासमा अमेरिकाको आर्थिक सहायतालगायत पक्षमा छलफल भएको थियो ।
होलान नेपाली समुदायका बीच परिचित सिनेटर हुन् । उनले अमेरिकामा रहेका नेपालीलाई टेम्प्रोरेरी प्रोक्टेक्डेड स्टाटस (टिपीएस) मार्फत स्थायी बसोबासका लागि समेत बिल तयार पारेका छन् ।
मेरिल्याण्डबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्नुहुने होलान डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटर हुन् । रासस
Leave a Reply