पाँचथर । नागरिकता किर्ते अभियोगमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पाँचथर जिल्ला अदालतबाट दोषी ठहर भएपछि फरार रहेका फिदिम नागरपालिका १४ का मेखबहादुर राईलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार राईविरुद्व परेको नागरिकता किर्ते मुद्दामा पाँचथर जिल्ला अदालतबाट २०७९ भदौ १६ गते दोषी ठहर भई २० हजार रुपैयाँ जरिवाना र एक वर्ष कैद सजाय सुनाइएको थियो ।
फैसलापछि फरारको सूचीमा रहेका राईलाई मंगलबार फिदिम नगरपालिका १ बाट पक्राउ गरी फैसला कार्यन्वयनका लागि अदालत बुझाइएको छ ।
Leave a Reply