काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्तिको पक्रिया कुनै पनि बाहनामा ढिलो गर्न नहुने बताएका छन् ।
मंगलबार पदभार ग्रहणपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा प्रधानन्यायाधीश श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले आफू न्याय परिषद्को अध्यक्ष भएकाले न्यायाधीश नियुक्तिका लागि भोलिदेखि नै पहल थाल्ने बताए ।
आफू न्यायालयमा तल्लो तहका समस्याबारे पनि जानकार रहेकाले कर्मचारीलाई उत्साहित बनाएर अघि बढ्ने उनको भनाई छ ।
Leave a Reply