Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सत्ता पक्षले कोशीमा लोकतन्त्रको मर्यादा विपरीत सरकार गठन गर्र्‍यो : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले कोशी प्रदेशमा सत्ता पक्षले गल्ती दोह्रोर्‍याएको बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । नेता कोइरालाले अदालतले सच्याएको निर्णयलाई सत्ता पक्षले अटेरी गरेको बताए ।

नेता कोइरालाले भने,‘राज्यसत्ता कमजोर भएको अवस्थामा यस्ता कुराहरु हुँदै जान्छन्। घटनाहरु घट्दै जान्छन्, हामी गलत काम गर्दै जान्छौं, अनि अदालतले त्यसलाई तिमीहरु गलत छौ भनेर पुष्टि गरिरहन्छ ।’

सोमबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्ष इस्राइल मन्सुरीलाई पनि मतदान गराएर विश्वासको मत लिएका थिए ।

पार्टी र सत्ताको राजनीतिक फरक हुने बताउँदै उनले सत्ताको राजनीति गलत हुँदा अदालतले सच्याउने बताए । राज्यसत्ता कमजोर भएपछि न्यायालय सक्रिय हुनु स्वभाविक हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077