काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय अनुशासन समितिमा ४ जना सदस्य मनोनयन गरेका छन्।
सभापति देउवाले अनुशासन समिति सदस्यमा ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जय गौतम र राजीव कोइरालालाई मनोनयन गरेका हुन् ।
अनुशासन समिति संयोजक, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना छन्। संयोजक तोकेको एक वर्षपछि समितिमा ४ सदस्य मनोनीत गरिएको हो।
२०७९ साउन २ गते सभापति देउवाले अनुशासन समिति संयोजकमा ढुंगानालाई मनोनीत गरेका थिए।
यस्तै देउवाले केन्द्रीय निर्वाचन समितिको सदस्यमा पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई मनोनयन गरेका छन् ।