Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शिक्षक छनौटमा भ्रष्टाचार, सिद्धीगणेश माविका अध्यक्ष र प्रधानाध्यापकविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको एक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

​ अख्तियारले शिक्षक छनौट प्रक्रियामा घुस लिएको भन्दै कागेश्वरी मनोहरा, नगरपालिकास्थित सिद्धीगणेश माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजकुमार थापा र प्रधानाध्यापक बुद्धिबिलास धितालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

शिक्षक छनोट प्रक्रियामा पेश गरेको सक्कल कागजात फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग १६ हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि मंगलवार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

थापा र धिताललाई अख्तियारको टोलीले घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।

घुसबापत लिएको रकमलाई बिगो कायम गरी बिगो असुलउपर तथा सोही बराबर जरिवानाको मागदाबी गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077