Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन साउदी प्रस्थान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन साउदी अरब प्रस्थान गरेका छन्।

राप्रपानिकट प्रवासी नेपाली एकता समाजको कार्यक्रमका लागि अध्यक्ष लिङ्देन साउदी अरब गएका हुन्।

अध्यक्ष लिङ्देन साउदी अरबका प्रमुख सहरहरू जेद्दा,दमाम र रियादमा विभिन्न नेपाली संघसंस्था एवं नेपाली समुदायसँग भेटघाट एवं अन्तरक्रिया गर्ने,राजदूतावास र महावाणिज्यदूत कार्यालयका अधिकारीसँग छलफल गर्ने तथा प्रवासी नेपाली एकता समाज साउदी अरबद्वारा आयोजित विविध कार्यक्रममा सहभागी हुनेछन् ।

अध्यक्ष लिङ्देन युएईको दुबईमा पनि विभिन्न नेपाली संघसंस्था र नेपाली समुदायसँग भेटघाट गर्नेछन्।

राजदूतावासका अधिकारीहरूसँग छलफल गर्ने, नेपाली श्रमिकको अवस्थाबारे अवलोकन गर्ने र प्रवासी नेपाली समाज युएईद्वारा आयोजित अधिवेशन घोषणा सभामा सहभागी हुने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077