Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • संविधान कार्यान्वयनमा राष्ट्रपतिको शुभेच्छा सकारात्मक छ : प्रधानमन्त्री प्रचण्ड

    संविधान कार्यान्वयनमा राष्ट्रपतिको शुभेच्छा सकारात्मक छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, ५ भाद्र २०८०
  • 813
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले शुभेच्छा राख्नु सकारात्मक भएको बताएका छन् ।

    मंगलवार शीतल निवासमा बसेको सर्वदलीय बैठकमा धारणा राख्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलको प्रयास अत्यन्तै सकारात्मक भएको बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सुचारु होस् र यसमा राजनीतिक दलहरूको बीचमा समझदारी बनोस् भन्ने राष्ट्रपतिज्यूको शुभेच्छा अत्यन्तै सकारात्मक छ । यसमा कसैले विमति राख्नुपर्ने कारण छैन ।’



    प्रधानमन्त्री प्रचण्डले संविधानको रक्षा र संसद् सुचारु होस् भन्ने राष्ट्रपतिको चाहना सकारात्मक भएको बताए ।

    उनले संसद् खुलाउन आफूहरु निरन्तर छलफलमा रहेको र संसद् सुचारु गर्न सहमतिको करिब करिब नजिक पुगेका पुगेको बताए ।

    एक महिनासम्म पनि संसद बैठक नखुलेपछि चिन्ता व्यक्त गर्दै राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएकै बेला दलहरू सहमति नजिक पुगेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार