Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • संस्कृत विश्वविद्यालयमा तालाबन्दी

    संस्कृत विश्वविद्यालयमा तालाबन्दी

    अनलाइन नेपाल
  • मंगलबार, ५ भाद्र २०८०
  • 762
    SHARES

    दाङ । दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा ताला लागेको छ ।

    नेपाली कांग्रेस सम्बद्ध नेविसंघले लगाएको ताला दुई महिनापछि खुलेको हप्ता दिन पनि नपुग्दै अखिल क्रान्तिकारीले ताला लगाएको हो ।



    यसअघि नेविसंघसँग विश्वविद्यालयले सेवा आयोगले लिने परीक्षाहरु लोक सेवा आयोगलाई दिने सहमति गरेपछि ताला खुलेको थियो ।



    तर अखिल क्रान्तिकारीले भने विश्वविद्यालयको सेवा आयोगको अधिकार लोक सेवा आयोगलाई दिन लागेकोप्रति आपत्ती जनाउँदै ताला लगाएको हो ।

    अखिल क्रान्तिकारीले सोमबार विश्वविद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ ।

    अखिल क्रान्तिकारीका विष्णु चौधरी, अभयप्रताप चौबे र गणेश पौडेलले सोमबार प्रेस विज्ञप्ति जारी गरी नेपाल विद्यार्थी संघसँग भएको सम्झौता रद्द गर्न माग गरेका छन् ।

    बिभिन्न निहुँमा विद्यार्थीहरुले तालाबन्दी गर्दा संस्कृत विश्वविद्यालयको कामकारबाही प्रभावित हुँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार