काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र प्रणालीप्रति खेलबाड हुन थालेको बताएका छन् ।
आज शीतल निवासमा आफैँले डाकेको सर्वदलीय बैठकलाई सम्बोधन राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।
राष्ट्रपति पौडेले अहिले देशको संविधान र प्रणालीप्रति खेलबाड हुन थालेको आभास भएको भन्दै चिन्ता व्यक्त गरे ।
राष्ट्रपति पौडेलले भने, ‘मैले एक्टिभिज्म देखाउन खोजेको होइन । म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ । त्यसैले राष्ट्रप्रतिको यो मेरो चिन्ता हो । विभिन्न कारणले तपाईँहरू सबैसँग भेट पनि हुन सकेको थिएन । तपाईँहरूसँग भेटेर राष्ट्रको चिन्ता गरौँ भन्ने पनि थियो ।’
राष्ट्रपतिले संविधान र प्रणालीप्रति नै खेलबाड हुन खोजेको हो कि भन्ने आभास हुन थालेको बताए ।
संंघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनका लागि आवश्यक र महत्त्वपूर्ण कानुनहरू बन्न नसकेको भनेर चौतर्फी प्रश्न उठिरहेको पौडेलले उल्लेख गरे ।
Leave a Reply