Online Nepal
  • शनिबार, २४ कार्तिक २०८१
  • ललिता निवास प्रकरण : पूर्व राज्यमन्त्री टकलाको पनि सिआईबीले लियो बयान

    ललिता निवास प्रकरण : पूर्व राज्यमन्त्री टकलाको पनि सिआईबीले लियो बयान

    अनलाइन नेपाल
  • मंगलबार, ५ भाद्र २०८०
  • 801
    SHARES

    काठमाडौं । बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सञ्जय शाह ‘टकला’को बयान लिएको छ ।

    नख्खु कारागारमा थुनामा रहेका शाहलाई झिकाएर महाराजगन्ज स्थित सिआईबीको कार्यालयमा बयान लिइएको हो ।



    ‘टकला’ पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री हुन् । शाहविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।



    जनकपुर बम काण्डमा ५ वर्षदेखि नख्खु स्थित डिआरसी ब्लकमा राखिएको शाह राज्यमन्त्री हुँदा ललिता निवास क्याम्प भित्रको सरकारी जग्गा हिनामिनामा संलग्न देखिएको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान निष्कर्ष छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार