काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गमा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरोले विजयकुमार गच्छेदारसँग पनि बयान लिएको छ ।
सोमबार साँझ अनुसन्धान अधिकृतहरुले गच्छेदारसँग महाराजगञ्जस्थित सिआईबीमा बयान लिएका हुन् ।
पूर्व उप–प्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । तर, प्रहरीले उनलाई बयान लिएर छाडेको छ । सो प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका थिए।
संगठित रुपमा सरकारी लिखत किर्ते गरेर बालुवाटार क्याम्प भित्रको १४७ रोपनी जग्गा हिनामिना प्रकरणमा गच्छेदार संलग्न रहेको सिआईबीको अनुसन्धान निष्कर्ष छ । जग्गा हिनामिना आरोपमा १८ जना हिरासत छन् ।
Leave a Reply