काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कोशी प्रदेशमा सत्ता गठबन्धनले पटक–पटक संविधानको हुर्मत लिने काम गरेको बताएका छन् ।
कोशी प्रदेशमा सोमबार मुख्यमन्त्री उद्दव थापाले सभाध्यक्षको समेत मत लिएर विश्वासको मत लिएपछि महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
उनले सभामुखको आशनमा रहेको व्यक्तिले मतदानको प्रकृया सुरु गरेर अध्यक्षताको आसन परिवर्तन गर्ने र मतदान गर्ने काम गरेर संविधानको ठाडो उलंघन गर्ने काम गरेको आरोप समेत लगाए । उनले भने, ‘जबकी संविधानले बराबरी मत भएको अवस्थामा मात्र सभामुखलाई मतदानको अधिकार दिएको छ ।’
उनले यसरी पटक–पटक संविधानको हुर्मत लिने सत्ता गठवन्धनले संविधान रक्षाको दाबी गर्नु ‘सौ चुहे खाकर बिल्ली चली हजको’ भने जस्तै भएको टिप्पणी समेत गरेका छन् । त्यसैले एक स्वरमा ’इनफ इज इनफ’ भन्न आव्हान समेत गरको छन् ।
Leave a Reply