Online Nepal
  • बुधबार, २ असोज २०८१
  • ललितानिवास प्रकरण : सीआईबीले लियो पूर्वमन्त्री चन्द्रदेव जोशीको बयान

    ललितानिवास प्रकरण : सीआईबीले लियो पूर्वमन्त्री चन्द्रदेव जोशीको बयान

    अनलाइन नेपाल
  • सोमबार, ४ भाद्र २०८०
  • 678
    SHARES

    काठमाडौं । ललिता निवास प्रकरणमा मुछिएका पूर्वमन्त्री चन्द्रदेव जोशीको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान लिएको छ ।

    जोशीलाई प्रहरीले सोमबार दिउँसो बयानका लागि बोलाए पनि आज बयान हुन नसक्ने भन्दै फर्काएको थियो । तर फेरि सीआईबीले सोमबार साँझ नै जोशीको बयान लिएको हो ।



    सोमबार साँझ ट्विट गर्दै पूर्वमन्त्री जोशीले बयानपछि आफ्नो बोझ हलुका भएको प्रतिक्रिया दिएका छन् । उनले बयान दिएपछि आफूलाई हलुको महसुस भएको पनि बताएका छन् । र, चाहिएका बेला आफू आवश्यक सहयोग गर्न तयार रहेको पनि उनले बताए ।



    ‘अन्ततः बोझबाट हलुका भएको छु । सीआईबीसमक्ष बयान दिएर अइयो । सीआईबीलाई धन्यवाद । ललिता निवास काण्डको सम्बन्धमा मेरो भनाइ सार्वजनिक नै छ । चाहिएको बेला आवश्यक सहयोगको लागि तत्पर छु,’ उनले भनेका छन् ।

    सोमबार सीआईबीले बयानका लागि बोलाए पनि लामो समय कुराएर त्यसै फिर्ता गरेको भन्दै जोशीले ट्विटरमा असन्तुष्टि पोखेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार