काठमाडौं । विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त भएका छन् ।
संवैधानिक परिषद्को सिफारिसमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् ।
उनलाई संविधानको धारा १२९ को उपधारा ९२० बमोजिम प्रधानन्यायाधीशमा नियुक्त गरिएको हो । उनको आजै संसदीय सुनुवाइ भएको र सर्वसम्मतरुपमा अनुमोदन गरिएको थियो।
समितिमा श्रेष्ठले १८ पन्ने आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए। त्यसपछि समितिले उनको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको थियो । उनलाई भोलि मंगलबार सपथ गराइने बताइएको छ ।
Leave a Reply