Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माधव नेपालले भने - विद्रोहको औचित्य पुष्टि भयो, एमालेले पुनः संसदमा धावा बोल्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरूले गरेको विद्रोहको औचित्य पुष्टि भएको बताएका छन् ।

पार्टी कार्यालय आलोकनगरमा पोलिटब्युरो बैठक समापन गर्दै उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पुनः संसदमा धावा बोल्ने काम गरेको भन्दै आफूहरूको विद्रोह पुष्टि भएको बताएका हुन् ।

उनले विद्रोह नगरेको भए एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन समाप्त पारिसक्ने आरोप लगाए । त्यसबेला पार्टी विभाजन गरेर निर्वाह गरेको महत्वपूर्ण भूमिका आज स्थापित भएको उनको दाबी छ ।

दुईदिनसम्म चलेको पोलिट्ब्युरो बैठकमा ४८ जनाले धारणा राखेका छन् । भोलिबाट एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077