Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संविधानले भविष्यलाई देखेको छैन, मुलुक अफ्ठ्यारोमा पर्‍यो : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणका क्रममा गरिएको गल्तीका कारण अहिले मुलुक अफ्ठ्यारोमा परेको बताएका छन् ।

सोमबार नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदिप गिरिको प्रथम स्मृति दिवसको अवसरमा स्कुल अफ डेमोक्रेसीले काठमाडौंमा आयोजना गरेको ‘प्रजातान्त्रिक समाजवादका आयामहरू’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले मुलुक अफ्ठ्यारो स्थितिमा परेको बताए । वर्तमान संविधानले अन्तरिक संविधानमा जनतालाई दिएको अधिकारलाई समेत सम्बोधन गर्न नसकेको उनको भनाइ छ ।

संविधानले भविष्यलाई नदेखेको उनको जिकिर छ । अध्यक्ष यादवले सोही कारण आफू र स्वर्गीय गिरि लगायतले संविधानमा हस्ताक्षर नगरेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077