Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • बालबालिका फरार प्रकरण : रानीपोखरीबाट दुईजना एसएसपीसहितको प्रहरी टोली परिचालन

    बालबालिका फरार प्रकरण : रानीपोखरीबाट दुईजना एसएसपीसहितको प्रहरी टोली परिचालन

    अनलाइन नेपाल
  • सोमबार, ४ भाद्र २०८०
  • 834
    SHARES

    काठमाडौं । भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहबाट २ सय २१ जना बालबालिका फरार सो क्षेत्रमा उपत्यका प्रहरी कार्यालयका दुईजना एसएसपीको नेतृत्वमा थप प्रहरी परिचालन गरिएको छ ।

    बाल सुधार गृहमा थुनामा रहेका १८ वर्षीय कमल बस्नेतको मृत्युको विषयमा झडप हुँदा नाबालक बन्दी भागेका हुन् । घटनास्थलमा उपत्यका प्रहरी कार्यालयमा कार्यरत एसएसपीहरु दिनेशराज मैनाली र ओम रानाको नेतृत्वमा थप प्रहरी परिचालन गरिएको छ ।



    उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणी आचार्यका अनुसार उपत्यका प्रहरी कार्यालयबाट दुईजना एसएसपी र एकजना एसपीसहितको टिम घटनास्थलमा पठाएको छ ।



    फरार भएका २२१ जना जना नाबालक बन्दीको खोजी भइरहेको डीआईजी आचार्यले जानकारी दिए ।

    रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको मृत्यु रहस्यमय भएको भन्दै आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी र तोडफोड गरेका थिए । त्यही विषयमा सोमबार पनि तनाव जारी रहँदा सुधार गृहमा रहेका कैदी फरार भएका हुन् । भागेकामध्ये १५९ जनालाई प्रहरीले पुनः नियन्त्रणमा लिइसकेको जनाएको छ ।

    यद्यपी प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले भने कति भागे भन्ने यकिन भइसकेको बताएका छन् । सुधार गृहमा विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका २९९ जना थिए । तीमध्ये २५६ जना पुरुष थिए ।

    भागेका बालबालिकालाई नियन्त्रणमा लिन उपत्यकाका ३ वटै जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरिएको छ । भक्तपुर प्रहरीको कमजोर कमाण्डका कारण बालबालिकाहरु भागेको भन्दै प्रहरीकै विरोध शुरु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख रहेका प्रहरी उपरिक्षक ९एसपी० प्रजित केसीको कमजोर कमाण्डिङ क्षमताका कारण सुधारगृहबाट बालबालिका भागेको भन्दै प्रहरी अधिकारीहरुले नै प्रश्न उठाइरहेका छन् ।

    महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी श्याम ज्ञवाली विदामा बसेका बेला भक्तपुरमा भएको यो घटनाले प्रहरीको क्षमतामाथि प्रश्न उठाएको हो । रानीपोखरीमा अहिले डिआईजी लालमणी आचार्य निमित्त प्रमुख छन् ।

    श्याम ज्ञवालीलाई सरुवा गरेर दिपक थापालाई जिम्मेवारी दिइएको छ तर, थापा हाजिर भइसकेका छैनन् । यस्तो बेला सुधारगृहबाट एकै पटक २०० भन्दा बढी बालबालिका फरार हुनु संयोग मात्र मान्न नसकिने प्रहरी अधिकारीहरु बताउँछन् ।

    मृत्युबारे छानबिन गर्न समिति गठन
    बस्नेतको मृत्युबारे छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा छानबिन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिएका छन् ।

    समितिमा जिल्ला प्रहरी परिसर, भक्तपुरका डीएसपी वसन्त पाठक, जिल्ला प्रशासन कार्यालयका अधिकृत अशोककुमार पोखरेल सदस्य सचिव र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकृत प्रतिनिधि सदस्य रहने रिजालले बताए ।

    समितिलाई सात दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी तोकेका भन्दै प्रमुख जिल्ला अधिकारी रिजालले मृतकका परिवारसँग पनि छलफल भएको तथा सत्यतथ्य अनुसन्धान गर्ने र उनीहरुको जाहेरी प्रहरीले दर्ता गर्ने सहमति भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार