Online Nepal
  • बुधबार, २ असोज २०८१
  • ललिता निवास प्रकरणः १८ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति, सीआईबीले दुःख मात्रै दिएको पूर्व मन्त्रीको आरोप

    ललिता निवास प्रकरणः १८ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति, सीआईबीले दुःख मात्रै दिएको पूर्व मन्त्रीको आरोप

    अनलाइन नेपाल
  • सोमबार, ४ भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई अदालतले थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिन बहादुरगुरुङ सहित १८ जनालाई हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई अनुमति दिएका हुन् ।

    साउन ३१ मा थप भएको म्याद सकिएपछि प्रहरीले म्याद मागेको थियो । ब्युरोले ललिता निवास प्रकरणमा अनुसन्धान पुरा भएको जानकारी दिएको छ । ब्यूरोले आज राय सहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गर्ने बताए पनि म्याद थप भएसँगै रोकिएको स्रोतले जनाएको छ ।



    बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिरकुमार शाह, गोपाल कार्की, शिवजी भट्टराई, घमानकुमारी कार्की, बाबुराजा महर्जन, देवनारायण महर्जन, ध्रुबप्रसाद अर्याल, योगराज पौडेल, नारायणदास मिश्र, रुद्र प्रसाद श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, विनोद पौडेल, केशव तुलाधर, अरुणकुमार श्रेष्ठ, कलाधर देउजा, सञ्जय महर्जन र सकलानन्द महर्जन हिरासतमा छन् ।



    यसैबीच, ललिता निवास प्रकरणका आरोपित पूर्वमन्त्री चन्द्रदेव जोशीले सीआईबीलले आफूलाई पटक–पटक बोलाएर बयान नलिएको भन्दै आपत्ति जनाएका छन् ।

    जोशीले सोमबार दिउँसो सिआइबी परिसरमा उभिएको तस्बिर सार्वजनिक गर्दै आफू फरार नभएको र भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा आफ्नो प्रतिबद्धता कायम रहेको उल्लेख गरेका छन्।

    जोशीले सिआइबी प्रमुखले बोलाएर पटक–पटक कार्यालयमै उपस्थित भए पनि बयान लिने काम नभएको बताएका छन्।

    जोशीले ट्विट गर्दै भनेका छन्–‘पहिलो पटक सिबिआई प्रमुख आफैंले बयानका लागि भनेर बोलाउनुभयो। तर, फेरि अहिले नआउनु भनि खबर आयो। आज फेरि बोलाए बमोजिम सवा १ बजे सिबिआई कार्यालय पुगेको थिएँ। तर, बयान नलिई फेरि बोलाउँला भनी फर्काइयो ।’

    बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाएर भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएका जोशी यसअघि साधारण तारेखमा छुटेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार