Online Nepal
  • बुधबार, १० पुष २०८१
  • कोशीका मुख्यमन्त्री थापाले पेश गरे विश्वासको मत लिने प्रस्ताव

    कोशीका मुख्यमन्त्री थापाले पेश गरे विश्वासको मत लिने प्रस्ताव

    अनलाइन नेपाल
  • सोमबार, ४ भाद्र २०८०
  • 951
    SHARES

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश गरेका छन् । सोमबारको बैठकमा थापाले आफ्नो प्रस्ताव पेश गरेसँगै यसबारे छलफल सुरु भएको छ।

    ९३ जना प्रदेशसभा सांसद रहेको प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिन ४७ सांसदको समर्थन चाहिन्छ । त्यसका लागि का‌ग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाको १ सांसद गरी ४७ पुग्छन् ।



    तर, का‌ग्रेसकै सांसद मन्सुरीले प्रदेशसभा सञ्चालन गर्नुपर्ने भएपछि गठबन्धनको पक्षमा ४६ जनामात्रै सांसद पुग्छन् । गठबन्धनले भने मन्सुरीलाई पनि मतदानमा सहभागी गराउने तयारी गरेको छ ।



    उता, विपक्षमा एमालेको ४० र राप्रपाको ६ जना सांसद रहेका छन् । कांग्रेस, माओवादी, नेकपा एस र जसपा सम्मिलित गठनबन्धनको सहयोगमा उद्धब थापाको नेतृत्वको सरकार गत साउन १७ गते गठन भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार