काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि बयान लिएको छ ।
नेपालको निवासमा पुगेर सीआईबीले बयान लिएको हो । सीआईबीले अर्का पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँग समेत बयान लिइसकेको छ ।
सीआईबीले साउन २८ मा पूर्व मुख्य सचिव लीलामणि पौड्यालसँग बयान लिएको थियो। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पौड्याल मुख्य सचिव थिए । यसअघि सर्वोच्च अदालतले मन्त्रिपरिषद्बाट निर्णय गराउने काममा सहभागी पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. भट्टराईलाई समेत अनुसन्धान गर्न आदेश दिएको थियो ।
अदालतको आदेश अवज्ञा गर्दै सत्ता गठबन्धनले पूर्वप्रधानमन्त्रीसँग बयान लिने तयारी रोक्न सीआईबीमाथि दबाब सिर्जना गरेको थियो ।
Leave a Reply