Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • इंग्लिस प्रिमियर लिग : वेस्टह्यामसँग चेल्सी पराजित

    इंग्लिस प्रिमियर लिग : वेस्टह्यामसँग चेल्सी पराजित

    अनलाइन नेपाल
  • सोमबार, ४ भाद्र २०८०
  • 594
    SHARES

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी वेस्टह्यामसँग पराजित भएको छ । गएराति भएको खेलमा चेल्सी वेस्ट ह्यामसँग ३–१ गोल अन्तरले पराजित भएको हो ।

    वेष्ट ह्यामका नायेफ अगर्डले खेलको सातौँ मिनेटमा गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको २८औँ मिटेनमा चेल्सीका कानी चुक्कुएमेकाले गोल गर्दै बराबरी गरे । तर, बराबरीलाई रोक्न र थप गोल गर्न नसक्दा चेल्सी पराजित भयो ।



    वेष्टह्यामका लागि खेलको ५३औँ मिनेटमा माइकल एन्टोनियोले र अन्तिम समयमा कप्तान लुकास पाक्केटाले पेनाल्टीमा गोल गरे । खेलको अन्तिम ३० मिनेट वेस्ट ह्याम १० खेलाडीमा सीमित भएको थियो।



    यस्तै, गएराति नै भएको अर्को खेलमा एस्टन भिल्लाले एभर्टनलाई ४–० गोल अन्तरले हराउँदै सानदार जित निकालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार