काठमाडौं । संसद्को गतिरोध अन्त्यका लागि राष्ट्रिय दलको बैठक आज पनि बस्ने भएको छ ।
सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार सर्वदलीय बैठक बोलाएका थिए। तर सरकार उच्चस्तरीय छानबीन समिति गठन गर्न तयार नभएकाले सोमबार पुनः बस्ने गरी बैठक टुंगिएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहेकाले बैठकमा ठोस निर्णय नभएकाले आज बैठक पुनः बोलाइएको बताइएको छ । आइतबारको बैठकमा एमालेको तर्फबाट उपाध्यक्ष एवम् संसदीय दलका उपनेता नेम्बाङ र प्रमुख सचेतक पदम गिरी सहभागी थिए।
६० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै विपक्षी एमालेले साउन १० देखि अवरुद्ध लगातार संसद् अवरोध गर्दै आएको छ।
Leave a Reply