Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकै दिन २१ अंकले घट्यो शेयर बजार परिसूचक नेप्से

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्सेमा २१.९९ अंकको गिरावट आएको छ ।

आइतबार नेप्से २१.९९ अंकले गिरावट हुँदा २०११.१४ को विन्दुमा बन्द भएको छ । लगातार ३ दिन घटेर गत बिहीबार सामान्य बढेको नेप्से आइतबार पनि गिरावट भएको छ ।

हाइड्रोपावर उपसूचक सर्वाधिक २.३४ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक १.८५ प्रतिशतले गिरावट भएको छ । यस्तै बैंकिङ उपसूचक ०.२८ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि गिरावट हुँदै गएको छ । लगातार २ अर्ब माथिको कारोबार भएको बजारमा गत बुधबारदेखि कारोबार २ अर्बभन्दा तल झरेको थियो ।

गत बुधबार १ अर्ब ६७ करोड र बिहीबार १ अर्ब ५२ करोडको कारोबार भएको बजारमा आइतबार कारोबार रकम घटेर डेढ अर्बबाट पनि तल झरेको हो । आइतबार १ अर्ब ४४ करोड ७४ लाख रुपैयाँमा झरेको छ ।

आइतबार नेप्सेमा नेप्सेमा ४३ हजार ३४६ वटा कारोबारमा ४४ लाख ५९ हजार ४५९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

घट्दो बजारमा आइबार आईएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक ६ करोड ६३ लाखको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ४ करोड ६४ लाख र जिवन विकास लघुवित्तको ४ करोड ५३ लाखको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077