Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • राष्ट्रिय दलका शीर्ष नेताहरुको बैठक पनि निष्कर्षविहीन

    राष्ट्रिय दलका शीर्ष नेताहरुको बैठक पनि निष्कर्षविहीन

    अनलाइन नेपाल
  • आइतबार, ३ भाद्र २०८०
  • 873
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

    संसदको गतिरोध अन्त्यका लागि बोलाएको छलफल विनानिष्कर्ष सकिएको हो।



    सदन सञ्चालन गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले संसदमा भएका प्रमुख दलहरुको बैठक बोलाएका थिए ।



    सिंहदरबारमा भएको छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नैपर्ने अडान लिएको छ ।

    बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्भवत भोलिको बैठकपछि सदन खुल्ने बताए ।

    सुन प्रकरणबारे अहिले नै उच्चस्तरीय समिति बनाउँदा भइरहेका अनुसन्धान प्रभावित हुन सक्ने देखिएकोले १५ दिन सिआइबीलाई नै दिने कुरा भएको बताइएको छ ।

    गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धानका लागि १५ दिन समय माग गरेका थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार