Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • राष्ट्रिय दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा

    राष्ट्रिय दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा

    अनलाइन नेपाल
  • आइतबार, ३ भाद्र २०८०
  • 753
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलसँगको छलफल सुरु भएको छ ।

    सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा संसदको अवरोध हटाउनेबारे छलफलको सुरु भएको हो । प्रधानमन्त्रीको आव्हानमा बसेको बैठकमा संसद्‍मा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गर्दै आएको अवरोधको अन्त्य गर्ने विषयमा छलफल भइरहेको छ ।



    बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभपाति रवि लामिछानेलगायत सहभागी छन् ।



    त्रिभुवन विमानस्थल बाहिरबाट समातिएको ६० किलो सुन सम्बन्धमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० देखि प्रतिनिधि सभा अवरुद्ध गर्दै आएको छ ।

    संसद्‌को गतिरोध खुलाउन सभामुख देवराज घिमिरेले पनि आज सचेतकहरूसँग छलफल गरेका थिए । तर, छलफलमा कुनै सहमति भने हुन सकेन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार