Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • गृहमन्त्री श्रेष्ठको दाबी – सुन तस्करी प्रकरणका दोषीलाई सीआईबीले नै पत्ता लगाउँछ

    गृहमन्त्री श्रेष्ठको दाबी – सुन तस्करी प्रकरणका दोषीलाई सीआईबीले नै पत्ता लगाउँछ

    अनलाइन नेपाल
  • शनिबार, २ भाद्र २०८०
  • 732
    SHARES

    फाइल तस्विर

    पोखरा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन काण्डका दोषीलाई सीआईबीले नै पत्ता लगाउने बताएका छन् ।

    प्रेस सेन्टर नेपाल कास्कीले शनिबार पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।



    उनले राज्यको संस्थागत रुपले दक्ष, जिम्मेवार र अनुसन्धानकै लागि भनेर निर्माण गरिएका संरचना, संयन्त्रहरुलाई काम गर्न दिनु पर्ने बताए ।



    गृहमन्त्री श्रेष्ठले भने, ‘हाम्रो अनुभव पनि छ । एकचोटी यस्तै काण्डमा चाहिँ संसदबाट समिति बनाइयो । त्यसको रिपोर्ट आयो सिद्धियो । अर्को एक पटक कमरेड केपी ओली नै प्रधानमन्त्री हुनुभएको बेलामा २२ किलो सुन काण्डका सन्दर्भमा एउटा छानबिन समिति बनाउनुभयो उहाँहरुले । त्यो छानबिन समितिको रिपोर्ट त आयो तर केही पनि आएन । न सुन आयो, न त्यसको सिफारिस कार्यान्वयनमा आयो ।’

    छानबिन समितितिर जानुभन्दा पेसागत रुपमा यसकै लागि विकासित गरिएका जसले अनुसन्धान र अभियोजन दुई वटै अगाडि बढाउन सक्छ, त्यहीँबाट दोषी पत्ता लगाउने गृहमन्त्री श्रेष्ठको दाबी छ ।

    सीआईबीले यो अनुसन्धान अगाडि बढाउँदा नै दोषीहरु पत्ता लाग्ने र तिनिहरुलाई कानुनको दायरमा पनि ल्याउन सक्ने उनले बताए । अनुसन्धान र तथ्यप्रमाणले कहाँसम्म दोषी अपराधी देखिन्छ, त्यहाँसम्म जाने श्रेष्ठले बताए ।

    सुन काण्डमा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको बाबुछोरा पनि मुछिएको प्रश्नमा श्रेष्ठले कुनै माओवादी पार्टी वा अरु परे पनि नछुट्ने दोहोर्‍याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार