काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विश्वासको मत लिने दिनको टुङ्गो लागेसँगै कोशी प्रदेशमा सत्ता गठबन्धन दलका नेताहरूले चलखेल सुरु गरेको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष लिङ्देनले बहुमत जुटाउन गठबन्धन दलका नेताहरूले चलखेल सुरु गरेको बताएका हुन् ।
अध्यक्ष लिङ्देनले लेखेका छन्,‘पूर्वमा विश्वासको मत लिने दिनको टुङ्गो भएसँगै खरिदेहरु प्रदेश सभा सदस्यहरूको घरदैलोमा गएर मन्त्री र १० करोडको प्रस्ताव गर्दै छन् भन्ने हल्ला काठमाडौँसम्मै आइपुग्यो त ।’
अध्यक्ष लिङ्देनले विश्वासको मत दिने सांसदलाई १० करोड रुपैयाँसँगै मन्त्री पदको लोभ देखाइएको आरोप लगाएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् ।