Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस नेता कोइरालाले भने - देशको अवस्था हेर्दा आँसु आउँछ, जता हेर्‍यो भताभुङ्ग छ

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देश जता हेर्‍यो उतै भताभुंग र लथालिंग भएको बताएका छन् ।  नयाँ बानेश्वरमा वुद्धिजिवीहरूसँगको अनौपचारिक छलफलमा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

नेता कोइरालाले देशको अवस्था हेर्दा आँसु आउँने र दिक्क लाग्ने बताए। नेता कोइरालाले देश जता हेर्‍यो उतै भताभुंग र लथालिंग भएकाले दिक्क लाग्ने बताए ।

नेता कोइरालाले भने,‘नत हामी ठिक भयौं, न काम गर्ने शैली, जता हेर्यो भताभुङ्ग र लथालिङ्ग छ। चित्त बुझाउँने कतै केही छैन ।’

मुलुक असाध्यै अप्ठ्यारोमा रहेको र विभिन्न प्रकरणहरू सतहमा आएपनि टुंगोमा नपुगी तुहिने हुँदा जनतालाई जवाफ दिनसमेत नसकिएको उनले बताए। कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करीको अखडा बनिसकेको समेत बताए।

यसले अन्तर्राष्ट्रिय समुदाय सामु नेपालको साख गिरेको उनको भनाइ छ। छलफलमा सहभागीहरूले महङ्गी, भ्रष्टाचार र दण्डहीनताले सिमा नाघेको, भुराजनीति चौपटमा परेको र सरकारले एकपछि अर्को अलोकप्रिय निर्णयहरु गर्ने गरेकाले कांग्रेस यो सरकारमा बसिरहन नहुने सुझाव दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077