Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डद्धारा सहिद यादवप्रति श्रद्धाञ्जली अर्पण

    प्रधानमन्त्री प्रचण्डद्धारा सहिद यादवप्रति श्रद्धाञ्जली अर्पण

    अनलाइन नेपाल
  • शनिबार, २ भाद्र २०८०
  • 795
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिद रामवृक्ष यादवप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले यादवको फोटोमा माल्यार्पण गरेका हुन् ।



    गीतकार एवं गायक यादव तत्कालीन नेकपा माओवादीका प्रभावशाली नेता थिए ।



    उनलाई जनयुद्ध आरम्भताका नै तत्कालीन शाही सेना र प्रहरीले योजनाबद्ध ढङ्गले हत्या गरेको आरोप छ ।

    पार्टी केन्द्रीय समितिको आह्वानमा भएको २०५१ भदौ १ गतेको नेपाल बन्द कार्यक्रमलाई आफ्नो कार्यक्षेत्र जनकपुरमा सफल पारी भोलिपल्ट घर फर्कने क्रममा २०५१ साल भदौ २ गतेका दिन ‘सबैला’ भन्ने ठाउँमा यादवको हत्या गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार