काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध तीनवटा उजुरी परेका छन् ।
संसद सचिवालयका अनुसार दुई वटा इमेलबाट उजुरी परेका छन् भने एसके तिमिल्सेनाले भौतिकरूपमै उपस्थित भएर उजुरी दिएका हुन् ।
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठका विषयमा आइतबार संसदीय सुनुवाई हुँदैछ । सोही दिन उजुरीका विषयमा विश्वम्भरप्रसाद श्रेष्ठसँग सबाल जवाफ हुने बताइएको छ ।
संवैधानिक परिषद्को बैठकले साउन १८ गते श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।
Leave a Reply