Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • महासचिव पोखरेलको आरोप – सुन तस्करीमा सत्तापक्षकै नेताको संलग्नता छ

    महासचिव पोखरेलको आरोप – सुन तस्करीमा सत्तापक्षकै नेताको संलग्नता छ

    अनलाइन नेपाल
  • शुक्रबार, १ भाद्र २०८०
  • 720
    SHARES

    वीरगञ्ज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले उच्चस्तरीय आयोग गठन गर्न सरकार तयार भए सदनको गतिरोध अन्त्य हुने बताएका छन् । पर्सामा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

    उनले सुन तस्करी प्रकरणलगायतका भ्रष्टाचारमा छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न सरकार तयार भए सदनको गतिरोध अन्त्य हुने बताए ।



    सुन तस्करी प्रकरणलगायतका विषयमा छानबिनका लागि आयोग गठन गर्न सत्तापक्ष तयार नहुँदा सदनको अवरुद्ध जारी रहेको उनको भनाई छ ।



    राज्यका सुरक्षा निकायप्रति आफूहरूको कुनै आशङ्का नरहेको उल्लेख गर्दै महासचिव पोखरेल सुन तस्करी प्रकरणमा सत्तापक्षकै कतिपय ठूला नेताहरू मुछिएकाले घटनाको स्वच्छ र निष्पक्ष छानबिन हुनेमा आशंका उब्जिएकाले उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरिएको धारणा राखे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार