Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • बागेश्वरधाम सरकारले गरे पशुपतिको दर्शन

    बागेश्वरधाम सरकारले गरे पशुपतिको दर्शन

    अनलाइन नेपाल
  • शुक्रबार, १ भाद्र २०८०
  • 1K
    SHARES

    काठमाडौं । भारतका चर्चित कथाबाचक धिरेन्द्र शास्त्री ‘बागेश्वरधाम सरकार’ले पशुपतिको दर्शन गरेका छन्।

    नवलपरासीस्थित शाश्वत धाममा कथा वाचनका लागि उनी काठमाडौं आइपुगेका उनी पशुपतिनाथको दर्शनका लागि आउने क्रममा पशुपति विकास कोषले उनलाई स्वागत गरेको हो ।



    पशुपतिको दर्शनपछि शास्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपराष्ट्रपति र राष्ट्रपतिसँग भेट्ने कार्यक्रम रहेको छ ।



    शनिबार उनी चौधरी समूहले नवलपरासीमा निर्माण गरेको शाश्वत धाम पुग्नेछन् । शनिबारदेखि सोमबारसम्म त्यहाँ हनुमान कथा वाचन गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार