Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शंकरपुर तालको ११ लाख हिनामिना गर्ने वडाअध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको शंकरपुर तालको रकम हिनामिना गरेको आरोपमा वडाअध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

अख्तियार ले विजयपुर गाउँपालिका ४ का वडा अध्यक्ष तिलकराम कँडेलसहित सचिव कृष्ण कुमार चौधरी र ठेकेदार सेराज महम्मदविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो।

वडाध्यक्षले विजयनगर गाउँपालिकालाई बुझाउनुपर्ने शंकरपुर ताल ठेक्का ९भाडा०बापतको रकम ठेकेदारबाट लिई उक्त रकम गाउँपालिकालाई नबुझाई आफैं हिनामिना गरेको अभियोगपत्रमा उल्लेख छ ।

वडाअध्यक्ष कँडेलले शंकरपुर ताल ठेक्काको ६ लाख १० हजार रुपैयाँ ठेकेदारबाट लिई उक्त रकम गाउँपालिकालाई नबुझाइ हिनामिना गरेको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

यसैगरी पत्थरदेईया गाउँ विकास समितिको कार्यालयका तत्कालीन गाविस सचिव चौधरीले ठेकेदार महम्मदसँग भएको सम्झौताबमोजिमको २ लाख ७० हजार रुपैयाँ हालसम्म पनि गाउँपालिकाको खातामा जम्मा नगरेकाले उनलाई पनि अख्तिायारले प्रतिवादी बनाएको छ।

उक्त रकम दाखिला नभएपछि अख्तियारले ठेकेदार महम्मदविरुद्ध पनि मुद्दा चलाएको छ।

महम्मदले तालको ठेक्का सम्झौताको बुझाउन बाँकी रकम २ लाख ७० हजार रुपैयाँ दाखिला नगरी ठेक्का सम्झौता अनुसारको शर्त पालना नगरी नेपाल सरकारलाई गैरकानूनी हानी पुर्‍याउने बदनियतपूर्ण कााम गरेको ठहर अख्तियारको छ।

उनीहरूविरुद्ध अख्तियारले शुक्रबार जरिवाना र बिगोसमेत जफतको सजाय हुन मागदावी गरी आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको प्रवक्ता दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077