Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • दाङमा जंगली च्याउ खाँदा आमा–छोरीको मृत्यु

    दाङमा जंगली च्याउ खाँदा आमा–छोरीको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १ भाद्र २०८०
  • 840
    SHARES

    फाइल तस्विर

    दाङ । दाङमा जंगली च्याउ खाएर बिरामी परेका आमा९छोरीको मृत्यु भएको छ।

    जंगली च्याउ खाएर गम्भीर बिरामी भएका बंगलाचुली गाउँपालिका–४ मैकुटीकी २७ वर्षीया ईश्वरी सुनार र उनकी ११ वर्षीया छोरीको उपचारका क्रममा मुत्यु भएको हो ।



    च्याउ खाएर बिरामी परेकी सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।



    च्याउ खाएर बिरामी भएका इश्वरीका श्रीमान् अजय सुनारको घोराहीस्थित प्रतिष्ठानमा उपचार जारी छ।

    सुनार परिवारले साउन २९ गते बेलुकी स्थानीय भित्ताला जंगलबाट जंगली च्याउ घर ल्याइ खाएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार