Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले भने - कर्मचारी भनेको स्थायी सरकार हो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियन राष्ट्रिय भेला तथा विधान अधिवेशनलाई सम्बोधन गर्दै उनले सभापति देउवाले यस्तो बताएका हुन् ।

सभापति देउवाले भने,‘कर्मचारी भनेको स्थायी सरकार हो । हामी भनेको राजनीतिक भनेको आउने जाने हो, निर्वाचित सरकार र स्थायी सरकार हुन्छ, त्यसैले वास्तवमा कर्मचारी भनेको स्थायी सरकार हो । त्यो स्थायी सरकार सशक्त हुनुपर्छ ।’

सभापति देउवाले कर्मचारी भनेको स्थायी सरकार भएकाले कर्मचारीहरूसहित सबै मिलेर अब देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताए ।

उनले अहिले पार्टीका नाम जुनकुनै राखे पनि सबै पार्टीहरू प्रजातान्त्रिक र संविधानअनुसार चलेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077