काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च स्तरका नेताहरूको सम्पत्ति छानबिन हुने बताएका छन्।
नेपाल निजामति कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा बोल्दै कानुनमन्त्री गुरुङले यस्तो बताएका हुन् ।
कानुनमन्त्री गुरुङले भने,‘सरकारको नीति तथा कार्यक्रममा पनि प्रष्ट लेख्यौँ, उच्च तहका नेताहरु सबैको सम्पत्ति छानबिन गर्नुपर्र्छ भनेर त्यसै लेखेको होइन । देखाउनका लागि लेखेको होइन । यो कार्यान्वयन नै गर्ने हो । त्यसकारण उच्च तहका नेता सबैको सम्पत्ति छानबिन गर्ने दिशातर्फ अब सरकार अघि बढ्छ ।’
सरकार सुशासन स्थापित गरेर देशलाई अघि बढाउन प्रतिवद्ध रहेको बताए ।
कानुनमन्त्री गुरुङले उच्च तहका नेता सबैको सम्पत्ति छानबिन गर्ने दिशातर्फ सरकार अघि बढ्ने बताए ।
उनले सरकारले भ्रष्टाचारका ठूल्ठूला फाइलहरू खोल्दै जाने बताए।
Leave a Reply