Online Nepal
  • बुधबार, १० पुष २०८१
  • विमानस्थलबाट ६० किलो सुन सामान्य हेलचेक्य्राइँले छिरेको होइन : कानुनमन्त्री गुरुङ

    विमानस्थलबाट ६० किलो सुन सामान्य हेलचेक्य्राइँले छिरेको होइन : कानुनमन्त्री गुरुङ

    अनलाइन नेपाल
  • शुक्रबार, १ भाद्र २०८०
  • 648
    SHARES

    काठमाडौं । कानुन, न्याय तथा संसदीय मन्त्री धनराज गुरुङले सुन तस्करी प्रकरणलाई सामान्य रुपमा मात्र हेर्न नहुने बताएका छन् ।

    नेपाल निजामति कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनलाई संम्बोधन गर्दै कानुनमन्त्री गुरुङले यस्तो बताएका हुन् ।



    कानुनमन्त्री गुरुङले विमानस्थलबाट छिरेको ६० किलो सुन भित्र्याइएको कुरालाई सामान्य हेलचेक्य्राइँको रुपमा लिन नहुने बताए ।



    कानुनमन्त्री गुरुङले भने, ‘विमानस्थलबाट पहेंलो ठूलै हात्ती छिरेको काण्ड अहिले आइरहेको छ। त्यति ठूलो पहेंलो हात्ती गेटबाट छिर्दा खासै यो साधारण हेलचेक्य्राइँ हो भन्ने प्रतिवेदन आयो भन्ने मैले पढ्दै थिएँ वडो अचम्म छ । त्यसैले हामीले धेरै कुरा सुधार्नुपर्ने रहेछ।’

    मन्त्री गुरुङले भ्रष्टाचार र तस्करीमा जुनसुकै पार्टीका भए पनि नछाड्ने सरकारले नीति लिएको बताए । उनले विमानस्थलबाट पहेंलो हात्ती प्रवेश गरेको कुरालाई सामान्य हेलचेक्र्याइँको रुपमा लिन नहुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार