Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • आउने पिंढीलाई उज्यालो भविष्य दिन सबैले इमानदार भएर काम गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

    आउने पिंढीलाई उज्यालो भविष्य दिन सबैले इमानदार भएर काम गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, १ भाद्र २०८०
  • 363
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकासका कार्यमा राजनीति नगर्न आग्रह गरेका छन् । विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सवलाई सम्बोधन प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

    प्रधानमन्त्री प्रचण्डले वर्तमानको पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिंढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नगर्न सबैमा आग्रह गरे ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘आउने पिंढीलाई अँध्यारोमा राख्ने कि उज्यालो भविष्य दिएर जाने ? भन्ने गम्भीर प्रश्न हाम्रो पुस्तालाई सदैव रहनेछ। एउटा आयोजना सम्पन्न हुन ५/६ वर्ष समय लाग्छ, तसर्थ हाम्रो पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिंढीलाई उज्यालो भविष्य दिन, विकासका कार्यमा राजनीति गर्ने होइन सबै इमानदार भएर एकजुट हुन जरूरी छ ।’



    उनले आउने पिंढीलाई उज्यालो भविष्य दिन, विकासका कार्यमा राजनीति गर्ने होइन सबै इमानदार भएर लाग्नुपर्ने आवश्यकता औंल्याए । प्रधानमन्त्री प्रचण्डले नेपाली जनताको हित र विकास निर्माणका काममा सबै इमानदार भएर एकजुट हुन जरूरी भएको बताए ।

    अहिले सरकार आन्तरिक विद्युत खपतको वृद्धि गर्दै ऊर्जा सुरक्षा हासिल गर्नुका अतिरिक्त स्वदेशी विद्युत माग पूरा गरी बढी भएको परिमाणको विद्युत निर्यातका लागि समेत हामी स्पष्ट लक्ष्यसाथ अघि बढिरहेको उनको भनाइ छ।

    प्रधानमन्त्री प्रचण्डले स्वदेशमा उत्पादित जलविद्युतलाई आन्तरिक माग पूरा गरी अन्तरदेशीय बजारको पहुँच दिलाउन भारत, बंगलादेश र चीन सरकारसँग भइरहेका प्रयासहरुवारे जानकारी दिँदै नेपालमा जलस्रोतको प्रचुर सम्भावनाको सदुपयोग गरी लाभ लिन नसकिएको प्रष्ट पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार