Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • बागेश्वर धाम सरकार काठमाडौंमा, प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने

    बागेश्वर धाम सरकार काठमाडौंमा, प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने

    अनलाइन नेपाल
  • शुक्रबार, १ भाद्र २०८०
  • 918
    SHARES

    काठमाडौं । बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) नेपाल आएका छन् ।

    नवलपरासीस्थित शाश्वत धाममा कथा बाचनका लागि हिन्दु धार्मिक गुरु बागेश्वर बाबा त्रिभुवन आज नेपाल आएका हुन ।



    आज उनले ४ बजे पशुपतिनाथको दर्शन गर्ने तथा काठमाडौंका धार्मिक संघ संस्थासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।  आज उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।



    भोली उनी चौधरी समुहले निमार्ण गरेको शाश्वत धाम पुग्नेछन् । नेपाल आइपुगेका बाबालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भक्तहरुले स्वागत गरेका थिए ।

    बागेश्वरधाम सरकारका नामले चर्चित बागेश्वर बाबा आध्यात्मिक गुरुका रूपमा परितिच छन्। उनले भारतसहित विश्वको विभिन्न देशमा हिन्दुत्व र सनातन धर्मको बखान गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार