Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • सभामुखलाई प्रधानमन्त्री प्रचण्डले भने – सदन खुलाउन विपक्षी दलको नेतासँग थप पहल गर्छु

    सभामुखलाई प्रधानमन्त्री प्रचण्डले भने – सदन खुलाउन विपक्षी दलको नेतासँग थप पहल गर्छु

    अनलाइन नेपाल
  • शुक्रबार, १ भाद्र २०८०
  • 756
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ।

    शुक्रबार बिहान प्रधानमन्त्रीको सरकार निवास बालुवाटार प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो ।



    छलफलमा सभामुख घिमिरेले सदन निरन्तर अवरोध हुनु राम्रो नभएको भन्दै पहल गर्न प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग कुराकानी गर्ने बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘म पनि सदन खुलाउन भूमिका खेल्छु । तपाईं पनि लाग्नुहोस् । छिट्टै सहमति गर्नैपर्छ । म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु ।’

    उनले सभामुखको रुपमा आफूले सहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको र सकारात्मक परिणाम निस्कन नसकेको गुनासो गरेका थिए। जवाफमा प्रधानमन्त्री दाहालले सदन खुलाउन आफूले सकारात्मक भएको बताएका थिए।

    प्रधानमन्त्रीले सदनको अवरोध खुलाउनेबारे विपक्षी दलका नेतासँग पहल गर्ने बताए।

    ठूलो परिमाणको सुन तस्करी प्रकरणमा सरकारकै संलग्नता रहेको भन्दै उच्चस्तरीय छानबिन समितिको दबाबसहित प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर सदन अवरोध गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार