काठमाडौं । संसदीय संसदका आज दुई वटा समितिको बैठक बस्दैछ ।
विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे र दिगो विकास तथा सुशासन समितिको बैठक दिउँसो १ बजे बस्न लागेको हो ।
विधायन व्यवस्थापन समितिको बैठकमा उत्तरविधायिकी परीक्षण विधि सम्बन्धमा विज्ञबाट जानकारी लिने कार्यसूचि रहेको छ ।
यस्तै दिगो विकास तथा सुशासन समितिको बैठकमा जलवायु परिवर्तन र यसले पुर्याएको असर र प्रभाव (सुक्खा ग्रस्त क्षेत्र, बाढी पहिरो, डेंगु प्रकोप लगायत) को न्युनिकरणमा सरकारको तयारी र विश्व जलवायु सम्मेलन-कोप २८० मा नेपालको सहभागिता सम्बन्धमा भएको तयारीका बारेमा छलफल हुने बताइएको छ ।