Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • आरजु राणाको प्रश्न – लम्पी स्किन रोग मान्छेमा पनि सर्छ कि क्या हो ?

    आरजु राणाको प्रश्न – लम्पी स्किन रोग मान्छेमा पनि सर्छ कि क्या हो ?

    अनलाइन नेपाल
  • बिहिबार, ३२ साउन २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले लम्पी स्किन रोग मानिसमा सर्ने जोखिम बढेको बताएकी छन् ।

    बिहिबार प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सांसद देउवाले यस्तो बताएकी हुन् ।



    उनले धेरै रोगहरू पशुबाट मानिसमा पनि सर्ने भएकोले लम्पी स्किनबाट मानिसमा पनि जोखिम बढेकोले यसबारे अध्ययन हुनुपर्ने बताइन् ।



    सांसद देउवाले भनिन– ‘यो त झिंगाबाट, लामखुट्टेबाट पनि सर्ने रहेछ । डर त मलाई के लाग्यो भने यो त मान्छेमा पनि सर्छ कि क्या हो ? किनभने धेरै रोगहरू वातावरण परिवर्तनका कारण मान्छेमा पनि सर्ने गरेको छ । यसबारेमा अनुसन्धान हुन जरूरी छ ।’

    मन्त्रीले तथ्याङ्क दिएपछि यो रोग संक्रमणको अवस्था भयावह पाइएको बताउँदै उनले आफूले तराईमा संक्रमण धेरै होला भन्ने सोचे पनि पहाडी क्षेत्र र सुदूरपश्चिममा धेरै रहेको पाइएको बताइन् ।

    राणाले जलवायु परिवर्तनका कारण अरू रोग पनि आउन सक्छन् भनेर अनुसन्धान गर्न सरकारको कार्यक्रम छ कि छैन भनेर प्रश्न समेत गरिन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार