Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड दोरम्बा हत्याकाण्डको २० औं स्मृति दिवसमा सहभागी

    प्रधानमन्त्री प्रचण्ड दोरम्बा हत्याकाण्डको २० औं स्मृति दिवसमा सहभागी

    अनलाइन नेपाल
  • बिहिबार, ३२ साउन २०८०
  • 549
    SHARES

    रामेछाप । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’आज रामेछापको दोरम्बा पुगेका छन् ।

    दोरम्बा स्मृति दिवस र पार्टीका अरू गतिविधिमा सरिक हुन प्रधानमन्त्री प्रचण्ड दोरम्बा पुगेका हुन्।



    दोस्रो युद्धविरामकै सयमा आजकै दिन, साउन ३२ गते रामेछापको दोरम्बामा तत्कालीन नेपाली सेनाले २१ जना माओवादी छापामारहरूको हत्या गरेको थियो।



    युद्धविराम उल्लंघन गर्दै तल्कालीन जिल्ला जनसरकार प्रमुख बाबुराम लामासहित २१ जना कार्यकर्ता मारिएको सम्झनामा माओवादीले दोरम्बा स्मृति दिवस मनाउँदै आइरहेको छ।

    प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्र, दोरम्बा थैलड गाँउपालिका संगठन समितिले आयोजना गरेको २० औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रदाञ्जली सभालाई सम्बोधन गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार