Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • लम्पी स्किनबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिनसक्ने अवस्था छैन : कृषिमन्त्री भुसाल

    लम्पी स्किनबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिनसक्ने अवस्था छैन : कृषिमन्त्री भुसाल

    अनलाइन नेपाल
  • बिहिबार, ३२ साउन २०८०
  • 864
    SHARES

    काठमाडौं । कृषि तथा पशुपन्क्षीमन्त्री डा.बेदुराम भुसालले लम्पी स्किन रोगबाट प्रभावित किसानलाई राहत दिनका लागि कार्यविधि बनाउने काम भइरहेको बताएका छन्।

    बिहीबार प्रतिनिधिसभाअन्तर्गतको कृषि समितिमा देशभरको लम्पी स्किन रोगको अवस्थाबारे विवरण प्रस्तुत गर्दै कृषिमन्त्री भुसालले यस्तो बताएका हुन् ।



    लम्पी स्किन रोगबाट मरेका पशुहरूको क्षतिपूर्ति दिन नसकिने कृषिमन्त्री भुसालको भनाई छ ।



    कृषिमन्त्री भुसालले भने, ‘पशुको मृत्यु भएकालाई क्षतिपूर्ति दिन त सक्ने अवस्था त छैन । यसबारे प्रधानमन्त्री ज्युसँग पनि कुरा भएको छ। क्षतिपूर्ति दिन नसके पनि राहत दिनका लागि आधार र मापदण्ड सहितको कार्यविधिको मस्यौदा बनाएको छ । त्यो पारित भएपछि राहत दिने काम अघि अघि बढ्न सक्छ ।’

    उनले भारत र चीनबाट लम्पी स्किनविरुद्ध खोप आयातको पहल भइरहेको बताए । पश्चिम नेपालबाट लम्पी रोगको सङ्क्रमण फैलिएको बताउँदै हालसम्म १३ लाख ५ हजार पशु सङ्क्रमित भएको कृषिमन्त्री भुसालले बताए ।

    जसमध्ये १० लाख हाराहारी सङ्क्रमण मुक्त भएको, ४७ हजार ६ सय ४९ पशुको मृत्यु भएको छ । मन्त्री भुसालले लम्पी स्किन रोगका कारण प्रभावित किसानलाई राहत उपलब्ध गराउन कार्यक्रम र बजेटको व्यवस्था गर्न अत्यावश्यक रहेको पनि बताए।

    रोग नियन्त्रणका लागि आवश्यक औषधि तथा खोप व्यवस्थापन गर्न हरेक तहमा कार्यक्रम सञ्चालन गर्न बजेट चाहिने पनि उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार