Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • आज रामेछाप जाँदै प्रधानमन्त्री प्रचण्ड

    आज रामेछाप जाँदै प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, ३२ साउन २०८०
  • 762
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रामेछापको दोरम्बा जाँदै छन्।

    प्रधानमन्त्री प्रचण्ड दोरम्बा स्मृति दिवस र पार्टीका अरू गतिविधिमा सरिक हुन रामेछाप जान लागेका हुन् ।



    तत्कालीन सरकार र नेकपा माओवादीबीच २०६० सालमा दोस्रो युद्धविराम भएको थियो।



    दोस्रो युद्धविरामकै सयमा आजकै दिन, साउन ३२ गते रामेछापको दोरम्बामा तत्कालीन नेपाली सेनाले २१ जना माओवादी छापामारहरूको हत्या गरेको थियो।

    युद्धविराम उल्लंघन गर्दै तल्कालीन जिल्ला जनसरकार प्रमुख बाबुराम लामासहित २१ जना कार्यकर्ता मारिएको सम्झनामा माओवादीले दोरम्बा स्मृति दिवस मनाउँदै आइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार