काठमाडौं । प्रदेश लोकसेवा आयोग मधेस प्रदेशले प्रदेश निजामती सेवाका लागि आवेदन माग गरेको छ । नवौँ र एघारौँ तहका लागि आवेदन माग गरेको हो ।
खुला, समावेशी तथा अन्तरसेवा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने आयोगले जनाएको छ ।
तोकिएको न्यूनतम योग्यता पुगेका उमेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
भदौ २५ गतेसम्म आवेदन दिन सकिने छ । दोब्बर दस्तुर तिरेर भने असोज तीन गतेसम्म आवेदन दिन सकिने छ ।
Leave a Reply