Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • देशमा अवसर छैन भनेर आत्तिनु पर्दैन : अर्थमन्त्री महत

    देशमा अवसर छैन भनेर आत्तिनु पर्दैन : अर्थमन्त्री महत

    अनलाइन नेपाल
  • बुधबार, ३१ साउन २०८०
  • 858
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले देश विकासक्रममै रहेकाले अवसर छैन भनेर आत्तीहाल्नुपर्ने अवस्था नहरेको बताएका छन् ।

    राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सिर्जनशील युवा राष्ट्रिय अभियानले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।



    अर्थमन्त्री महतले नेपाल विकासक्रममै रहेकाले देशमा धेरै कुरा गर्न बाँकी रहेको बताए । विदेश जानेवित्तिकै सबै कुरा प्राप्त हुन्छ भन्ने मानसिकताबाट नेपाली युवाहरु मुक्त हुनुपर्ने उनको भनाइ छ ।



    अर्थमन्त्री महतले भने,’यहाँ अवसर अथाहा छ। त्यसको उपयोग गर्नुपर्छ। त्यसको खोजीमा आजका हाम्रा युवा लाग्नुपर्छ। देशबाहिर सुनको श्रीलंका छैन। विदेश जाने तयारीमा रहनु भएका युवाहरु जसले पूर्ण छात्रवृत्ति पाउनु भएको छैन। उहाँहरु अप्ठ्यारोमा पर्नुभएको छ । पढाइ पूरा नहुने परिस्थिति, आर्थिक श्रोत जुटाउन नसकिने परिस्थिति र लिगल स्टाटस मेन्टेनको परिस्थितिमा उहाँहरु गुज्रिनु भएको छ । त्यहाँबाट ननिस्कन सकिन्छ, न छोड्न सकिन्छ । यो प्रतिशत धेरै ठूलो छ ।’

    उनले यहाँ भएका धेरै अवसरहरूको सदुपयोग गर्न युवालाई आग्रह गरे। अर्थमन्त्री महतले मुलुकको अर्थतन्त्र लयमा फर्किएको र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकारात्मक सोच राख्नुपर्ने बताए।

    उनले विदेशमा आर्जित पुँजी र सीप नेपालमा प्रयोग गर्न जोड दिए। अहिले पर्यटन क्षेत्र सुधार हुँदै गएको र सूचना प्रविधिका क्षेत्रमा पनि नेपालको राम्रो सम्भावना देखिन थालेको उनको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार